PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

केन्याविरुद्व नेपाल ६ विकेटले विजयी



पहिलोपोस्ट

केन्याविरुद्व नेपाल ६ विकेटले विजयी
फोटो : रमन शिवाकोटी

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यूएई विरुद्वको खेल अघि भएको अभ्यास खेलमा नेपालले आइतबार केन्यालार्इ ६ विकेटले पराजित गरेको छ। केन्याले दिएको १११ रनको लक्ष्य नेपालले ४ विकेट गुमाएर पूरा गरेको हो।

यसअघि शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको थियो।

युएईको अबुधावीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले अलआउट हुँदै ११० रन बनाएको थियो।

केन्याका रुसाब पटेलले २७, एलेक्स ओबन्डाले २५ र गुर्दिप सिंहले २२ रन बनाए।

केन्यालाई ३२.२ ओभरमा अलआउट गर्न नेपालका ललित भण्डारीले ४ विकेट लिए। १० ओभरको स्पेलमा ललितले १ मेडन राख्दै ४६ रन खर्चेका थिए। त्यस्तै, आरिफ शेखले २ तथा सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट लिए।

जवाफमा दीपेन्द्रसिंह ऐरीले नटआउट ४६ रन बनाएपछि नेपालले सहजै खेल जितेको हो। ३५ बलको सामना गरेका दीपेन्द्रले ७ चौका र १ छक्का प्रहार गरे। यस्तै नियमित कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको अनुपस्थितिमा नेपालको कप्तानी सम्हालेका शरद भेषावकरले ३१ रन जोडे।

डब्लुसिएल अन्तर्गत नेपालले यही बुधबार र शुक्रबार युएईसँग खेल्दैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell