PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

अन्तिम चुनावी सभामा के भने गगन थापाले? पढ्नु १८ बुँदामा



पहिलोपोस्ट

अन्तिम चुनावी सभामा के भने गगन थापाले? पढ्नु १८ बुँदामा

काठमाडौं : आइतबार दिउँसो कपनको हेन्डबल ग्राउन्डमा काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका नेता गगन थापाले अन्तिम चुनावी सभा राखे। कार्यक्रममा राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणा, राप्रपाका प्रवक्तालगायतले सम्बोधन गरेका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राखेका प्रमुख बुँदाहरु यसप्रकार छन्ः

  1. •    एक महिनाको घरदैलो कार्यक्रम सकेपछि सबै घरमा जाँदा कुनै घरमा छुटेमा आउने चाहना हुदाँ पनि आउन पाएन। गएको ठाउँमा माया पाएँ।
  2. •    एकजना आमाले भन्नुभयो - 'आउनु त आउनुभयो तर चार वर्षपछि आउनुभयो।' चार वर्षपछि आउँदा पनि मिठो भयो। एकजना दिदीले पाइलट पेन दिएर राम्रो कुरा मात्र लेखे भन्नुभयो। मैले राम्रो कुरा लेखौला मसी सके रगतले लेखौला भने। एकजनाले मेरो बिरामी आमाले जीवन पाउनुभयो। त्यसका लागि धन्यवाद भन्नुभयो।
  3. •    राजनीति जितेर, पार्टी जितेर मात्र हुँदैन देश जित्नुपर्ने अवस्था छ। त्यसैले मत माग्न आएका छौं। निर्वाचन भयो, संविधान बन्यो। भन्न सजिलो छ। गर्न गाह्रो छ। यो गर्दा कांग्रेसले चोट पायो। घाउ पायो। चुनाव हार्यो‍
  4. •    संविधान अरु पार्टीले जारी गर्न सकेन। निर्वाचन पनि कांग्रेसले पूरा गर्दैछ। जग बनेको छ। बलियो जगमा कांग्रेस एक तल्ला घर बनाउन चाहन्छ। पाँच वर्षको यात्रा सजिलो यात्रा हुनेछैन। नेपालमा प्रजातान्त्रिक राजनीतिको विकल्प छैन। तर यो उल्लंघन हुन्छ भन्ने शंका आएको छ। यस्तो भएमा पार्टी होइन देश हार्छ।
  5.  •    घृणाको राजनीतिले पार्टीलाई फाइदा हुन्छ। देशलाई फाइदा हुँदैन। जात र धर्मको नाममा घृणा र विभाजनको राजनीति गर्छन। यसलाई रोक्नुपर्छ। एकतालाई हामीले बलियो बनाउनुपर्छ। सबै भाषाभाषी र धर्मको हकहितको बारेमा हामीले बोलेका छौ। बोलेको कुरा पुरा गर्न संसदमा हाम्रो अतिरिक्त उपस्थिति चाहिन्छ। हुन्छ र हुन्न भन्ने शिथिल सांसद हुन्न। समाधान खोज्ने सांसदको रुपमा म देखिन चाहन्छु। प्रदेशको नाम के राख्ने भनेर उत्तेजनामा ल्याएर लडाउन सकिन्छ। त्यसका विरुद्ध कांग्रेस लड्नुछ।
  6. •    नेपालीमा देखिने लोभ र पापको एउटै उद्देश्य सरकारले हेर्दैन भनेर हो। बच्चाबच्ची बढाउन, बाआमा उपचारका लागि हो। यसैले लागि रोजगारीका अवसर बदल्नुपर्छ। यसले भ्रष्टचार अन्त्य हुनेछ।
  7. •    मरेका बाघको जुँगा उखेल्ने धेरै भए, तर म जिउँदो बाघको जुँगा उखेल्न तयार छु। सामुदायिक विद्यालयको शिक्षा गुणस्तर बढाउने, स्वास्थ्य बीमाको कानुन बनाउने काम मेरो पालामा भएको छ।
  8. •    नेपालको आर्थिक विकास नक्कली छ, यो टिक्दैन। २ हजार पार्टी प्रतिनिधि देश छाडेर बैदेशिक रोजगारीमा गइसकेका छन्। यिनीहरुले कमाएको पैसाले भएको आर्थिक गतिविधिले सरकारको राजश्व बढेको छ।  जेष्ठ नागरिकलाई १० हजार महिना दिन्छौ। बेरोजगार भत्ता दिन्छौ भन्दा ताली बज्छ।
  9. •    बेरोजगारीलाई रोजगारी दिने भन्दा पत्याउँदैन। अबको १५ वर्षपछि ६५ नाघेको बढ्दै जान्छ काम गर्नेको संख्या कम हुदै जान्छ। दक्षिण कोरियामा अहिले धनको आधारमा चलेको छ। हाम्रो देशको अवस्था खतरामा भने छ। त्यतिबेला काम गर्ने मानिस हुने छैनन्। 
  10. •    गीत गाएर विदेश जान छाड्ने होइन। काम चाहिएको छ, दाम चाहिएको छ। स्रोत चाहिएको छ। २० लाख पर्यटक भित्राउने सके ९ लाखले रोजगार पाउँछन् । उत्पादन एकदम घटेको छ। राजनीतिक सोचले यो बदलिदैन। यो अवस्था बदल्ने हो।
  11. •    उद्योग सरकारले चलाउने होइन। शिक्षा र स्वास्थ्यचाहि सरकारलाई नदिने। कस्तो समाजवादी कुरा होला यो । शिक्षा र स्वास्थ्यचाहि सरकारलाई छाड्ने हो। उद्योग निजीकरण गर्नुपर्छ। 
  12. •    हजारौ तन्नेरीलाई नयाँ रोजगारी सिर्जना गर्न सक्नेछु भन्ने विश्वास मलाई लागेको छ। यसका लागि संसदमा आफ्नै पार्टीका नेताका विरुद्ध यसका विरुद्ध उभिनेछु। यस्तो मुद्दामा विपक्षी पार्टीसँग आँगालो मार्नेछु।
  13. •    सडक अस्तव्यस्त छन्। खानेपानीको समस्या छ। राष्ट्रको काममात्र गरेर हुँदैन भनेर साथीहरुले भन्नुभएको छ। सडक छिटो बनाउछु भनेर महात्वकांक्षी राख्दा काम ढिलो भयो। मेरो नियत खराब नभएर होइन मेरो नियन्त्रणमा नभएर हो। म यहाँका मतदातासमक्ष क्षमा माग्छु। संरचनाले गर्दा गाह्रो भएको छ। स्वास्थ्यमा लगानी गर्दैछु। खुल्ला क्षेत्रलाई संरक्षण गर्ने तयारी छ।
  14. •    पूर्वाधार बन्दै गर्दा हामीले सबै ठाउँको ध्यान दिनुपर्छ । सिंगो काठमाडौंको समस्या छ। काठमाडौंको जतिसुकै ठुलो बाटो बनाएपछि सानो हुन्छ। मेलम्ची आउँदैछ। यो आउँदा पनि एक चौथाई माग पनि पुरा हुदैन। वायु प्रदुषण बढेको छ। यस्ता समस्यामा म काम गर्नेछु।
  15. •    राष्ट्रिय विकास र स्थानीय विकास गर्नुछ। नरोत्तम वैद्य, साधुराम खड्का प्रदेशका उम्मेदवालाई जिताउनुस। म उहाँहरुको जिम्मा लिन्छु। उहाँहरुले केही गलत काम गर्नेछैन भनेर म विश्वास दिलाउन चाहान्छु।
  16. •    एकपटक सबै सांसदलाई प्राडो दिने भयो। धेरैले विरोध गरे । कांग्रेस १० जना सांसदले लिएनछ। उनीहरुको नाम त बाहिर आएन, तर ५ जनाले टिकटै पाएनछ। ५ जना त पजेरो चढ्नै नसक्ने भनेर हराएछन्। यस्तो प्रवृत्ति पार्टीबाट मेटाउनुपर्छ।
  17. •    २०९० सम्म मात्र राजनीतिमा सक्रिया रहन्छु। अब १५ वर्ष बाँकी छ। त्यसपछि रिटायर लाइफमा हामी हुन्छौ। 
  18. •    म यहाँको एकजना मतदाताले पनि शिर निहुराउने काम गर्नेछैन। चुनावी कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell