PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

खजुरामा कांग्रेसी गर्जन :  प्रजातन्त्र र लोकतन्त्र बचाउन कांग्रेसलाई भोट



पहिलोपोस्ट

राकेश मिश्र -
नेपालगन्ज :
नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि कांग्रेसलाई मतदान गर्न आव्हान गरेका छन्। बाँके क्षेत्र नम्बर ३ को खजुरामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति कोइरालाले वाम गठबन्धनका नाममा कम्युनिष्टहरुले मुलुकमा अधिनायकवाद लादन खोजेको भन्दै त्यसविरुद्ध लोकतान्त्रिक शक्तिले गतिलो जवाफ दिनुपर्ने बेला आएको बताए। 

'प्रजातन्त्र र लोकतन्त्रको रक्षाका निमित्त कांग्रेसले राणा शासनलाई परास्त गर्यो, नारायणहिटीको राजालाई नागार्जुन पुर्‍यायो,' उनले भने –‘कम्युनिष्टहरु पनि यस्तै रवैयाले अघि बढे पतन निश्चित छ।’ 

कम्युनिष्टहरुले आधार इलाका मान्दै आएको क्षेत्रमा सयौं कार्यकर्ता उपस्थित चुनावी सभालाई सम्बोधन गर्दै सभापति कोइरालाले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका निमित्त फेरि एक पटक कांग्रेसलाई मतदान गर्न अपील गरे। 

कार्यक्रमलाई प्रतिनिधिसभा ३ का उम्मेदवार बादशाह कुर्मीले सम्बोधन गर्दै सम्बृद्धि र विकासका लागि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे। उनले भने–‘क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्र र एमाले नेता जितेर मन्त्रीसम्म भए, विकासको काम कतिभयो? तपाई हामीले देखेकै छौं, म विश्वास दिलाउन चाहान्छु संविधान पनि कांग्रेसले जारी गर्यो, विकास पनि कांग्रेसले नै गर्छ।’ प्रदेशसभा ख का उम्मेदवार लक्ष्मी नारायण शाहले कांग्रेसलाई जिताए पाँच वर्षभित्र ३ नम्वर क्षेत्रको कायापलट गरिदिने बताए।

'हामी रातारात यो क्षेत्रलाई स्विजरल्याण्ड बनाउँछौ भनेका होइनौं तर योजना छ, गर्न सकिने इच्छाशक्ति छ, विजयी बनाएर पठाउनुहोस् पाँच बर्षमा नमूना क्षेत्र बनाएर देखाउँछौं’, उनले भने। 
    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell