PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

लोकतन्त्रमा मात्र जनता मालिक हुन्छन् : प्रधानमन्त्री 



पहिलोपोस्ट

लोकतन्त्रमा मात्र जनता मालिक हुन्छन् :  प्रधानमन्त्री 

डडेल्धुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै जनता मालिक हुने बताएका छन्। गृह जिल्ला डडेल्धुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमत्री देउवाले एमाले माओवादीले वाम गठबन्धनका नाममा एकदलीय सर्वसत्तावादी शासन लाद्न खोजेको आरोप लगाए। 

प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको लोकतान्त्रिक संविधानमा सबै वर्ग क्षेत्रको अधिकार सुरक्षित भइसकेको जिकिर गर्दै डडेल्धुरालगायत सुदूरपश्चिमवासीलाई विकासको प्रत्याभूति गराउने जिम्मेवारी आफ्नो रहेको बताए। 

प्रधानमन्त्री देउवाले जनताका हकअधिकार र विकास निर्माणका कार्यलाई द्रुत गतिमा लैजानका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु जरुरी रहेको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell