PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सिरी ए : गोलकिपरले इन्जुरी टाइममा गोल गरेपछि बेनेभेन्टोले जोड्यो पहिलो अंक



पहिलोपोस्ट

सिरी ए : गोलकिपरले इन्जुरी टाइममा गोल गरेपछि बेनेभेन्टोले जोड्यो  पहिलो अंक

गोलकिपर अल्बर्टो ब्रिगलोनीले इन्जुरी टाइममा बराबरी गोल फर्काएपछि बेनेभेन्टोले एसी मिलानसँग बराबरी खेल्दै इटालियन सिरी ए मा इतिहासकै पहिलो अंक जोडेको छ।

यसै सिजन सिरी ए मा प्रोमोट भएको बेनेभेन्टोका लागि ब्रिगलोनीले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै १ अंक दिलाएका हुन्। दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको मिलानसँग बेनेभेन्टोले दुई पटक पछाडी परेर पनि २-२ गोलको बराबरी खेलेको हो। यता गेनारो गाटुसोले मिलानका लागि प्रशिक्षकका रुपमा डेब्यु गर्दा बराबरीमै चित्त बुझाए।
 

यससँगै पहिलो पटक सिरि ए खेलिरहेको बेनेभेन्टोले लगातार १४ खेलको पराजय यात्रालाई पूर्णविराम लगाएको छ। १४ खेल खेलुक्दा पनि अंकविहिन रहेको बेनेभेन्टोले लगातार १२ खेल हार्ने म्यानचेष्टर युनाइटेडको रेकर्ड तोडेको थियो।

बेनेभेन्टोको घरेलु मैदानमा भएकव खेलमा गियाकोमा बोनाभेन्टुराले ३८औँ मिनेटमा गोल गर्दै एसी मिलानलाई पहिले अग्रता दिलाएका थिए। ५०औँ मिनेटमा जर्ज पुस्कासले घरेलु टोलीका लागि बराबरी गोल फर्काए। त्यसको सात मिनेटपछि निकोला कालिनिकले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलायो। तर ७५औँ मिनेटमा अलेसियो रोमानेगली दोहोरो पहेँलो (रातो) कार्ड खाँदै मैदान बाहिरिएपछि मिलान दश खेलाडीमा झर्‍यो।

एक खेलाडी कम भएपनि निर्धारित ९० मिनेटभित्र बेनेभेन्टोले गोल गर्न सकेन। तर ९५औँ मिनेटमा डानिलो काटाल्डीले प्रहार गरेको फ्रिकिकमा गोलकिपर ब्रिगलोनीले डाइभ हेडरमार्फत गोल गरेपछि बेनेभेन्टो अंक खोस्न सफल भयो।

‘बेन्चमा रहेको कसैले मलाई अगाडी बढ्न भन्यो, त्यहाँ गुमाउनु केही थिएन। मैले जम्प गरेँ र आँखा बन्द गरेँ।’ यसै सिजन च्याम्पियन युभेन्ट्सबाट लोनमा बेनेभेन्टो पुगेका ब्रिगलोनीले गोल गरेपछि भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell