PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

इभान पेरिसिकको ह्याट्रिक मद्दतमा इन्टर मिलान शीर्ष स्थानमा उक्लियो



पहिलोपोस्ट

इभान पेरिसिकको ह्याट्रिक मद्दतमा इन्टर मिलान शीर्ष स्थानमा उक्लियो

इभान पेरिसिकले ह्याट्रिक गरेपछि इन्टर मिमलान चिएभो भेरोनालाई ५-० ले पराजित गर्दै इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लेको छ।

सान सिरो स्थित घरेलु मैदान गुएसिपे मेएज्जामा इन्टरलाई शानदार जित दिलाउन पेरिसिकले खेलको २३औँ, ५७औँ र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरे।

यसैगरी कप्तान माउरो इकार्डीले ३८औँ तथा मिलन स्क्रिनियरले ६०औँ मिनेटमा गोल गरे।

जितपछि १५ खेलसम्म अपराजित रहेको मिलान ३९ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको हो। समान खेलबाट ३८ अंक रहेको नेपोली दोस्रो स्थानमा झरेको छ भने ३७ अंकका साथ युभेन्ट्स तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell