PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रिमियर लिग : एक गोलले पछि परेको स्थितीमा शिल्भाको निर्णायक गोल, म्यानचेष्टर सिटीको लगातार १३औँ जित



पहिलोपोस्ट

प्रिमियर लिग : एक गोलले पछि परेको स्थितीमा शिल्भाको निर्णायक गोल, म्यानचेष्टर सिटीको लगातार १३औँ जित

लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लगातार १३ खेल जित्दै यस सिजन अपराजित यात्रालाई कायम राखेको छ। एक गोलले पछि परेको अवस्थामा उल्टाउँदै सिटीलाई जिताउन डेभिड शिल्भाले निर्णायक गोल गरे।

यस सिजन १५ खेलसम्म अपराजित रहने क्रममा सिटीले आइतबार घरेलु मैदानमा वेष्टहमलाई २-१ ले हरायो।

एन्जोलो ओविन्जले पहिलो हाफको अन्त्यतिर गोल गर्दै भ्रमणकारी टोली वेष्टहमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० ले पछि परेको सिटीले दोस्रो हाफमा दुई गोल फर्कायो।

५७औँ मिनेटमा सिटीका निकोलस ओटामण्डीले गाब्रीएल जेससको पासमा गोल गर्दै खेल बराबरी गरे। ८३औँ मिनेटमा शिल्भाले केभिन डे ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई २-१ को जित दिलाए।

जितपछि १५ खेलबाट ४३ अंक जोडेको लिग लिडर सिटीले दोस्रो स्थानमा रहेको ५मेकी म्यानचेष्टर युनाइटेडमाथि ८ अंकको अग्रता बनाएको छ।समान खेलबाट ३५ अंक रहेको युनाइटेड दोस्रो तथा ३२ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ।

लिगकै अर्को खेलमा एएफसी बर्नमाउथ र साउथह्याम्पटनले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell