PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ६ हजारभन्दा बढी कर्मचारी परिचालन



पहिलोपोस्ट

मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ६ हजारभन्दा बढी कर्मचारी परिचालन

विराटनगर :  मोरङमा ६ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन्। मोरङको ६ वटा निर्वाचन क्षेत्रअन्तर्गत ७५८ वटा मतदान केन्द्रका लागि ६ हजार ६४ कर्मचारी खटिने निर्वाचन आयोगका कार्यालय विराटनगरले जनाएको छ।

मोरङको क्षेत्र नं १ को १२७ वटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी एक हजार १६, सोही अनुरुप क्षेत्र नं २ को १३८ वटा मतदान केन्द्रमा एक हजार १०४ जना परिचालन हुने भएका छन्। 

त्यस्तै, क्षेत्र नं ३ को १४३ वटा मतदान केन्द्रमा एक हजार १४४ जना कर्मचारी खटिनेछन्। त्यस्तै, क्षेत्र नं ४ को ११४ वटा मतदान केन्द्रमा ९१२, क्षेत्र नं ५ को १०६ मतदान केन्द्रमा ८४८ र क्षेत्र नं ६ को १३० मतदान केन्द्रमा एक हजार ४० जना कर्मचारी परिचालन हुने भएका छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell