PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कपिलवस्तुमा निर्वाचन सामग्री गाउँ पठाइँदै, सीमा नाका अाज रातिदेखि बन्द हुने



पहिलोपोस्ट

कपिलवस्तुमा निर्वाचन सामग्री गाउँ पठाइँदै, सीमा नाका अाज रातिदेखि बन्द हुने

कपिलवस्तु :  निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री कपिलवस्तुमा आजदेखि धमाधम गाउँ–गाउँ पठाउन थालिएको छ। 

सदरमुकाम तौलिहवादेखि लामो दूरीमा रहेका र दुर्गम क्षेत्रका मतदानस्थलमा निर्वाचन सामग्री सुरक्षा घेरामा राखेर लैजाने काम भएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले जानकारी दिए। सदरमुकाम तौलिहवाबाट सबैभन्दा टाढा दक्षिण–पश्चिममा विजयनगर गाउँपालिकाको मतदानस्थल पर्छ। 

त्यस्तै, शुद्धोद्धन गाउँपालिका, कृष्णनगर नगरपालिकालगायतका स्थानमा निर्वाचन सामग्री पठाइएको छ। निर्वाचन अधिकारी घिमिरेले मतपेटिका, मतपत्र, परिचयपत्र, स्वस्तिक छाप लगायतका विभिन्न ६४ प्रकारका निर्वाचन सामग्री गाउँ–गाउँ पठाइएको उल्लेख गर्दै परिचयपत्र वितरणको काम मंगलबारदेखि सुरु गरिने जानकारी दिए। 

६ नगरपालिका र चार गाउँपालिका रहेको कपिलवस्तुमा कूल तीन लाख ११ हजार ७६० मतदाता छन्। तीमध्ये पुरुष एक लाख ६९ हजार ४६४ र महिला एक लाख ४२ हजार २९४ छन् भने तेस्रोलिङ्गी दुईजना छन्। 

यसमध्ये २५ हजार २१२ नयाँ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुले जनाएको छ। तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदान केन्द्र ४१० र मतदानस्थल २३३ रहेको छ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १६ हजार ९३७, प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख दुई हजार ४२० र प्रतिनिधिसभा क्षेत्र नं ३ मा सबैभन्दा थोरै ९२ हजार ४०३ मतदाता रहेका छन् । तीन निर्वाचन क्षेत्रमा कूल ९६ वडा छन्। 

आज रातिबाट सीमा नाका बन्द 

कपिलवस्तुमा चालु अवस्थामा रहेका तीन नाका आज मध्यरातिदेखि बन्द हुने भएका छन्। नेपाल–भारत सीमाको कृष्णनगर नाका, मर्यादपुर खुनुवा नाका र चाकरचौडा नाका बन्द हुने कपिवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए। 

नाका बन्द भएपछि सामान्य आवतजावत भएपनि सवारीसाधन जाँच गरेर निगरानीमा मात्रै सञ्चालन हुनेछन्। निर्वाचनलाई लक्षित गरी बन्द गरिने नाका २१ गते निर्वाचन सम्पन्न भएपछि मात्रै सञ्चालन हुनेछन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell