PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

धनगढीमा फेला परेको बम सेनाले पार्‍यो निष्क्रिय



पहिलोपोस्ट

धनगढीमा फेला परेको बम सेनाले पार्‍यो निष्क्रिय

धनगढी :  कैलालीको धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले आज बिहान निष्क्रिय पारेको छ। 

प्रहरीले बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झण्डै ४०० मिटर पश्चिम खोला छेउमा प्रहरीले तालिम प्राप्त कुकुरको सहायताले खोजी गरेको थियो।  घटनापछि सुरक्षा व्यवस्था कडा पार्नुका साथै सम्बन्धित व्यक्तिको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रधानमन्त्री देउवा डडेल्धुराको चुनावीसभालाई सम्बोधन गरी आइतबार बम फेला परेको सोही बाटोबाट डिभोटी होटेल पुगेका थिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell