PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

चुनावी मैदानमा १६३ निवर्तमान सांसद्ः कति जोगिएलान, कति होलान रिङआउट?



पहिलोपोस्ट

चुनावी मैदानमा १६३ निवर्तमान सांसद्ः कति जोगिएलान, कति होलान रिङआउट?

काठमाडौँ: दोस्रो संविधानसभामा सदस्य रहेका १६३ सांसद् आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन्। धेरै निवर्तमान सांसद्हरुले प्रदेशसभा पनि रोजेका छन्। १६३ उम्मेदवार प्रतिनिधिसभातर्फ मात्र हुन्।

उम्मेदवारमध्ये अधिकांश संविधानसभा सदस्य निर्वाचनमा प्रत्यक्ष जित हासिल गरेका उम्मेदवार छन्। समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित केही सांसद्हरु पनि यो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन्।

निर्वाचन क्षेत्र पुनर्संरचनासँगै धेरै सांसद्हरुको निर्वाचन क्षेत्र एक अर्कातिर गाभिएको छ। काठमाडौँ, झापा, मोरङ र प्रदेश नम्बर दुईका बहुसंख्यक क्षेत्रमा भने यसअघिका निर्वाचन क्षेत्र कायम छन्। निर्वाचन क्षेत्र फेरिए पनि धेरै निवर्तमान सांसद्ले चुनाव लड्ने भूगोल भने फेरिएको छैन।

केही निवर्तमान सांसद्हरुले आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा गएका छन्। समानुपातिक सांसद् बनेका तत्कालीन सांसद्हरुले नयाँ क्षेत्र रोजेका छन्। संविधानसभामा मन्त्रिपरिषद्बाट विज्ञका रुपमा सदस्य बनेका तत्कालीन सांसद् पनि यो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन्।

आफ्ना प्रतिस्पर्धीका कारण धेरै सांसद्लाई यो पटक जित दोहो¥याउने चुनौती छ। केही सांसद् ‘सेफ जोन’मै चुनाव लडिरहेका छन्। कतिपयको प्रतिस्पर्धा चुनौतीपूर्ण छ।

०७० को संविधानसभा सदस्यमा निर्वाचित अधिकांश शीर्ष नेता यो पटक पनि चुनावी मैदानमा छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, शेखर कोइराला, शशांक कोइराला लगायत नेताहरु प्रत्यक्षमै चुनाव लड्दैछन्।

यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पार्टी उपाध्यक्ष बामदेव गौतम, भीम रावल लगायतका नेताहरु प्रत्यक्ष निर्वाचनमा छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत लगायत पनि प्रत्यक्ष निर्वाचनतर्फ चुनावी मैदानमा छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, राजपा नेता महिन्द्रराय यादव पनि चुनावी मैदानमा छन्।

राप्रपा अध्यक्ष कमल थापा यो पटक प्रत्यक्षतर्फ चुनावी मैदानमा छन्। यसअघि उनी समानुपातिक उम्मेदवार थिए।

तत्कालीन संविधानसभामा विज्ञका रुपमा सभासद् मनोनित भएका राजन भट्टराई एमालेबाट काठमाडौँ ४ को चुनावी मैदानमा छन्। उनी सोही क्षेत्रका पूर्वसांसद् गगन थापासँग प्रतिस्पर्धामा छन्।

कैलाली १ मा दुई पूर्वसांसद् मदनकुमारी शाह (गरिमा) र ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्। यस्तै, दोस्रो संविधानसभामा समानुपातिक उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय (डिना) मकवानपुरमा एमालेका विरोध खतिवडासँग प्रतिस्पर्धामा छिन्।

खोटाङमा निवर्तमान सांसदद्वय विशाल भट्टराई र सरस्वती वजिमय प्रतिस्पर्धामा छन्। ओखलढुङ्गामा दुई युवा उम्मेदवार रामहरि खतिवडा र यज्ञराज सुनुवार चुनावी मैदानमा छन्। संविधानसभा सदस्यका रुपमा दुई युवा सांसदले सशक्त भूमिका निभाएकै कारण अहिले चर्चामा छन्।

हेर्नुस् नामावली
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell