PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

धादिङको धुनिबेंसीमा टिपर पल्टिँदा सहचालकको मृत्यु



पहिलोपोस्ट

धादिङ :  धादिङको धुनिबेंसी नगरपालिका–६ चालिसेमा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

बैरेनीबाट काठमाडौँ गइरहेको बा३ख ७४०७ नम्बरको टिपर पल्टिँदा गल्छी गाउँपालिका–६ बैरनीका २८ वर्षीय सहचालक राजेश विकको मृत्यु भएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए। 

घाइते विकको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो। दुर्घटनामा चालक राजेश लामा घाइते भएका छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell