
काठमाडौ : प्रहरीले तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर तीनबाट चार थान अत्याधुनिक पेस्तोल र ८७ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अभियान श्रेष्ठ, जय गुरुङ र विजय गुरुङलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले जानकारी दिए।
उनका अनुसार उनीहरुको घर खानतलासी गर्दा चार थान अमेरिकी पेस्तोल, त्यसमा लाग्ने ३९ राउण्ड गोली र म्याङ्डम राईफलको ४८ राउण्ड गोली बरामद भएको हो।