
म्यानमार : क्रिश्चियन धर्मगुरु पोपले म्यानमारबाट ढाका पुगेका शरणार्थी ‘रोहिङ्ग्या’ नै भएको जनाएपछि उनीविरुद्ध म्यानमारका सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।
गत शुक्रबार क्याथोलिक चर्च प्रमुख पोपले म्यानमारबाट बङ्गलादेशको राजधानी ढाकामा म्यानमारको अल्पसङ्ख्यक मुसलमान समुदाय राखिनबाट लाखौँको सङ्ख्यामा शरण लिन पुगेका शरणार्थीसँगको भेटपछि उनीहरू ‘रोहिङ्ग्या’ मुसलमान नै भएको बताएका थिए।
एसिया भ्रमणमा रहेका क्रिश्चियन धर्मगुरुले शरणार्थीलाई ‘रोहिङ्ग्या’ अल्पसङ्ख्यक मान्ने कुरालाई म्यानमारमा राजनीतिक रूपमा संवेदनशील मानिदै आएको भएपनि पहिलो पटक रोहिङ्ग्याका रूपमा सम्बोधन गरेका थिए।
उनले शरणार्थीबारे सही कुरालाई निरन्तरता दिन र उनीहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। उनीहरूलाई आफ्नो अधिकारको प्रत्याभूत गर्दै सम्मानित नागरिकका रूपमा बाँच्ने अवसरका लागि म्यानमा लगायत विश्वसमुदायले काम गर्नुपर्नेमा पोपले आफ्नो एसिया भ्रमणका क्रममा जोड दिएका थिए।
म्यानमारबाट ढाका पुगेका करिब ६ लाख २० हजार शरणार्थी रहेका भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमममा खबर आएपनि म्यानमारले ती सबै रोहिङ्ग्या अल्पसङ्ख्यक नभई अवैध रूपमा बङ्गलादेशबाट म्यानमार आई बसोबास गरेका बङ्गाली नागरिक भएको दाबी गर्दै आएको छ। रासस/एएफ्पी