PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बाँकेमा मतदान सकिएको तीन घण्टाभित्र मतपेटिका मतगणनास्थलमा ल्याउने तयारी 



पहिलोपोस्ट

बाँकेमा मतदान सकिएको तीन घण्टाभित्र मतपेटिका मतगणनास्थलमा ल्याउने तयारी 

  • राकेशकुमार मिश्र
नेपालगञ्ज :  बाँकेमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनास्थल नेपालगञ्जस्थित भेरी प्राविधिक शिक्षालयको निरीक्षण गरिएको छ। 

मतगणनस्थलको अवस्था तथा भौतिक पूर्वाधारको अनुगमन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए । 

केसीका अनुसार भेरी प्राविधिक शिक्षालय मतगणनाका लागि उपयुक्तस्थल भएको तर भौतिक पूर्वाधार भने थप गर्नुपर्ने छ। मतगणनास्थलमा विजुली वत्तिको बैकल्पिक व्यवस्था र वास व्यवस्थापनको काम मात्र बाँकी रहेको छ। 

नरैनापुर गाउँपालिकाको सुईया बघौडा क्षेत्रबाहेक अन्य स्थानबाट मतपेटिका मतदान सकिएको एकदेखि तीन घण्टाभित्र मतगणना स्थलमा ल्याउने गरी तयारी गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए। 

सो क्षेत्रको मतपेटिका ल्याउन करिब ६ घण्टा लाग्ने भएकाले राति १ बजेसम्म मतगणनास्थल ल्याउने गरी तयारी भएको छ। 

त्यसका लागि सम्पूर्ण तयारी अहिले नै गरिसकिएको छ। सबै मतपेटिका आईसकेपछि २२ गतेविहान ८ बजेबाट मतगणना सुरु हुने तयारी गरिएको प्रजिअ केसीले जानकारी दिए । 

मदिरा बिक्रि बितरणमा रोक
बाँकेमा निर्वाचनका समयमा मदिरा बिक्रि बितरणमा रोक लगाईएको छ। आईतबारदेखि निर्वाचन नसकिँदासम्म मदिरा बिक्रि बितरणमा रोक लगाईएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए।

निर्वाचनलाई शान्तिपूर्ण बनाउने कार्यमा सबैलाई सहयोग गर्न सुरक्षा निकायले आग्रह गरेको छ। यसैबीच, निर्वाचनलाई लक्षित गरी बाँकेमा सुरक्षा व्यवस्था कडा पारिएको छ। विस्फोटक पदार्थ भित्रन सक्ने भन्दै सुरक्षकर्मी परिचालन गरी जाँचलाई कडा पारिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell