चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।
चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताए।
उनले भने,‘जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन्। मैले बल्ल बुझ्दै छु।’
विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नमुना प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको अध्यक्ष प्रचण्डको भनाइ थियो।
चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका प्रचण्डले आफ्नो प्रतिस्पर्धी नै नभएको दाबी गरे।
आफूले देश र जनताका लागि गरेको योगदानको जनताले मूल्यांकन गर्ने भन्दै उनले अब चितवनबाट विकास र समृद्धिको यात्रा सुरु हुने बताए। उनले भने,‘यहीँका जनताले मलाई प्रचण्ड बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी हो।’रासस