PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

कांग्रेस नेता गगन थापामाथि  बम प्रहार, शिक्षण अस्पतालमा उपचार हुँदै

कांग्रेस नेता गगन थापामाथि बम प्रहार, शिक्षण अस्पतालमा उपचार हुँदै

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं:  काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार गगन थापा बमको छर्रा लागेर घाइते भएका छन्।

चुनाव प्रचारप्रसारका लागि चपली पुगेका थापालाई लक्षित गरी राखिएको बम विस्फोट हुँदा उनी घाइते भएका हुन् । थापालाई उपचारका लागि त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनका सहयोगी जीवन भण्डारीले जानकारी दिएका छन्।

विस्फोटमा परी एघार जना घाइते भएका छन्। घाइते सबैकाे शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ।
 


ट्रेन्डिङ पोस्ट

Ncell