PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्राधिकरणका सिइओ भुसालको निर्देशनः पक्षपात नगरी पुनः निर्माणको काम गर्नुस्



पहिलोपोस्ट

प्राधिकरणका सिइओ भुसालको निर्देशनः पक्षपात नगरी पुनः निर्माणको काम गर्नुस्

काठमाडौँ :  भूकम्प प्रभावित ३१ जिल्लामा जाने इञ्जिनियर तथा सव इञ्जिनियरले शपथ लिएका छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट लिइएको परीक्षामा उत्तीर्ण भएकामध्ये पहिलो चरणमा ३७४ जना इञ्जिनियर र ३९१ सवइञ्जिनियरले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालबाट शपथ लिएका हुन्।

शपथग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत भुसालले भूकम्प प्रभावित जनताको आँसु पुछ्ने जिम्मेवारी दिएको भन्दै कार्य क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न नवनियुक्त प्रविधिज्ञहरुलाई आग्रह गरे। 

उनले भने,‘सेवाभावले भूकम्प प्रभावित क्षेत्रमा अहोरात्र खटेर काम गर्नुस्, मानवीय सेवामा पक्षपात नगरी काम गरौँ, इञ्जिनियरको सुरक्षाका लागि बीमा गराउने र अन्य भौतिक सुरक्षाको जिम्मेवारी सरकारले गर्ने भएकाले ढुक्क भएर काम गर्नुस्।’

भूकम्प प्रभावित ३१ जिल्लाका २८२ वटा स्थानीय तहमा परिचालन हुने प्रविधिज्ञले प्रत्येक वडामा निजी आवास पुनःनिर्माणका लागि सहयोग गर्नेछन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell