PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

गगनमाथि बम प्रहारपछि राजधानीबाट ३० जना पक्राउ



पहिलोपोस्ट

गगनमाथि बम प्रहारपछि राजधानीबाट ३० जना पक्राउ

काठमाडौ :  नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापामाथि बम विस्फोट गराएको आरोपमा प्रहरीले ३० जनालाई पक्राउ गरेको छ।

राजधानीका बालाजु, महाराजगञ्ज, कंलकीलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए। 

एसपी जोशीले भने,‘बम विस्फोटमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं।‘

थापा बुढानिलकण्ठको चपलीमा घरदैलो कार्यक्रममा रहेका बेला उनलाई लक्षित गरी बम विस्फोट गराइएको थियो। विस्फोटमा परी थापासहित ११ जना घाइते भएका छन्। घाइते भएका थापा उपचारपछि घर फर्किसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell