PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

परमिता राणाको फेसन ब्रान्ड 'नायला' लन्च



पहिलोपोस्ट

परमिता राणाको फेसन ब्रान्ड 'नायला' लन्च

काठमाडौं: नायिका परमिता राणाले फेसन ब्रान्ड 'नायला' लन्च गरेकी छिन्। उनको आफ्नै फेसन ब्रान्ड नायला सार्वजनिक भएको हो। भर्सटाइल गर्ल राणा अभिनेत्री, गायिका र मोडल समेत हुन्।

राजधानीको कर्म लाउन्जमा आयोजित जमघटमा ब्रान्ड लन्च गरियो। ब्रान्डलाई नेपालमा स्थापित गर्न उनले आफ्नै कम्पनीका साथीहरुसँग टीमअप गरेकी छन्। चपली हाइट २ डेब्यु एक्ट्रेसको नयाँ फिल्म घोषणा एक सातापछि हुँदैछ। त्यसअघि उनले आफ्नो नयाँ फेसन ब्रान्ड रिलिज गरेर फ्यानलाई नयाँ खबर दिएकी हुन्।



‘अहिले न्यूयोर्क र लस एन्जल्सको शैली आत्मसात गरेर त्यसलाई नेपाली स्टाइलमा ढालेर बिक्री थालेका छौं’ उनी भन्छिन्, ‘बजारको चल्ती, स्टाइलभन्दा भिन्न डिजाइन तयार पारेर ग्राहकको मन जित्नुमा नायला लक्षित हुनेछ।’ अहिले सर्ट, पाइन्ट र ज्याकेट उत्पादन गरिरहेको ब्रान्ड निकट भविष्यमा लेदर उत्पादनमा पनि सक्रिय हुने बताइएको छ।

उक्त लन्च सेरेमोनीमा राणाले आफ्नै गायकीमा अंग्रेजी हिट नम्बरहरु सुनाएकी थिइन्। उनलाई गायकीमा नास्टी लगायतका र्या परहरुले साथ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell