PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

झापा ३ मा बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने कसरतमा सिटौला



पहिलोपोस्ट

झापा ३ मा बदला लिने दाउमा लिङ्देन, विरासत जोगाउने कसरतमा सिटौला

झापा  :  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रचारप्रसार गर्ने आज अन्तिम दिन हो। आज मध्यराति पछि मौन अवधि सुरु हुँदैछ। राजनीतिक दलहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा व्यस्त छन्। मौन अवधि सुरु हुनै लाग्दा झापा क्षेत्र नम्बर ३ को चर्चा अझ बढी चुलिएको छ। 

क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र वाम गठबन्धनकातर्फबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छन्। उनीहरु अहिले मतदाता फकाउन अन्तिम कसरतमा जुटेका छन्। 

झापामा करिब तीन अर्ब ५० करोड बजेट आफ्नो क्षेत्रमा भित्र्याएर विकास निर्माणको लहर ल्याएकाले आफ्नो जित सुनिश्चित रहेको कांग्रेस उम्मेदवार सिटौला बताउँछन्।

राप्रपाका महामन्त्री लिङ्देन पनि आफ्नो जित सुनिश्चित भएको बताउँछन्। उनले भने,‘गठबन्धनका कारण म सहजै जित्छु।’ 

देशव्यापी रुपमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएसँगै कांग्रेसले पनि राप्रपासँग गठबन्धन गरेको थियो। तर, झापामा त्यो गठबन्धन टिक्न नसक्दा राप्रपालाई वाम गठबन्धनले साथ दिएको छ भने कांग्रेस एक्लै चुनावी मैदानमा छ। 

संविधानसभाको दोस्रो निर्वाचनमा सिटौलासँग लिङ्देन पराजित भएका थिए। यसपटक सिटौलालाई पराजित गर्दै लिङ्देन बदला लिने सोचमा छन्। सिटौला भने आफ्नो विरासत जोगाउने अन्तिम कसरतमा छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell