PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ललितपुर प्याट्रिओट्सले ट्यालेन्ट हन्टबाट छान्यो ४ खेलाडी



पहिलोपोस्ट

ललितपुर प्याट्रिओट्सले ट्यालेन्ट हन्टबाट छान्यो ४ खेलाडी

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) का लागि ललितपुर प्याट्रिओट्सले ट्यालेन्ट हन्टबाट छनोट गरेका ४ खेलाडीको नाम सार्वजनिक गरिएको छ।

इपीएलका लागि प्रत्येक टोलीले कम्तिमा एक जना खेलाडी ट्यालेन्ट हन्टबाट राख्नैपर्ने प्रावधान अनुसार ललितपुरले ४ खेलाडी छनोट गरेको हो।

सोही प्राबधान अनुसार ललितपुरले लेफ्ट ह्याण्ड मिडियम पेसर प्रतिश जिसी, राइट ह्याण्ड ब्याट्सम्यान रित गौतम, अलराउण्डर सुमित झा र स्पिनर विपिन आचार्यलाई ट्यालेन्ट हन्टबाट छानेको हो।

ललितपुरे टिमले शुरुमा ट्यालेन्ट हन्टमा सहभागित १०५ जना खेलाडीबाट दोस्रो चरणमा ३१ खेलाडी छनोट गरेको थियो।

त्सबाट छनोटमा परेका ३१ जनालाई मुलपानी मैदानमा अभ्यास खेल खेलाई ४ खेलाडी छनोट गरिएको टोलीका प्रशिक्षक राजु बस्न्यातले जानकारी दिए।

चारैजनालाई टोलीसँगै क्याम्पमा बस्ने मौका दिने तर अन्तिम टोलीमा भने एकजना मात्रै सहभागी हुने प्रशिक्षक बस्न्यातले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell