PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

छायाँछबि 'काव्य श्रृंखलामा' हेम र सुशीला



पहिलोपोस्ट

छायाँछबि 'काव्य श्रृंखलामा' हेम र सुशीला

काठमाडौं: चलचित्र क्षेत्रमा काम गर्दै आइरहेको संस्था छायाँछवि क्रियशनले साहित्यिक कार्यक्रम पनि आयोजना गरेको छ। 'छायाँछवि काव्य श्रृंखला' नाम दिइएको कार्यक्रममा दुई युवा कवि हेम प्रभास एवं गीतकार तथा गजलकार सुशीला पौडेलले आफ्ना रचना प्रस्तुत गरेका हुन्।



कवि हेम प्रभास र सुशीला पौडेलले एकएक दर्जन कविता तथा गजल सुनाए। छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले अब हरेक महिना यसरी नै विभिन्न श्रष्टाहरु समेटेर नियमित कार्यक्रम प्रस्तुत गर्ने घोषणा गरे। भने,'चलचित्र, संगीत एवं साहित्य एकै विधा हुन्। हामी यसै क्षेत्रमा काम गर्नेले सेतु बनेर संगीतकर्मी, चलचित्रकर्मी एवं साहित्यकारलाई जोड्न आवश्यक छ।'

कार्यक्रममा काव्य प्रस्तोता श्रष्ट्रा द्वय हेम प्रभाष र सुशीला पौडेललाई सम्मान समेत गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell