
नयाँदिल्ली : भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन्।
राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसकी वर्तमान अध्यक्ष हुन्। उनले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताइएको छ।
त्यसैले आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको छ ।
राहुल गान्धी हाल पार्टीको उपाध्यक्ष छन्। उनी पाँच वर्षयता उपाध्यक्ष पदमा छन्। यस पदमा केही वर्षयता कसैले पनि उम्मेदवारी दिएको थिएन ।
पार्टी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने अन्तिम समयावधि सोमबारै साँझसम्म यदि कसैले उम्मेदवारी दिएनन् भने राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने बताइएको छ।
सन् १९९८ बाट पार्टी अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले आफ्नो छोरालाई पदको बागडोर दिन लागेको बताइन्छ।
अहिलेको अवस्थामा भारतीय कांग्रेसका लागि यो एक राम्रो कुरा भएको र राहुल गान्धीले अगामी दिनमा राम्रोसँग कार्यसम्पादन गर्ने उत्तरी भारतीय राज्य पञ्जावका मुख्यमन्त्री अमारीन्दर सिंहले बताए।। रासस/सिन्ह्वा