PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

‘कागजपत्र’को फ्लोरबाट नाजिर र शिल्पाको लुक्स आउट



पहिलोपोस्ट

‘कागजपत्र’को फ्लोरबाट नाजिर र शिल्पाको लुक्स आउट

काठमाडौं: फिल्म 'कागजपत्र'मा रहेका कलाकारहरुको फिल्म लुक्स रिलिज भएको छ। छायांकनका लागि फ्लोरमा रहेको फिल्मको युनिटले मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतको फोटो सार्वजनिक गरेको हो।



फिल्मको हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ। सामजिक प्रेमकथा बोल्न फिल्मलाई अपिल विष्टले निर्देशन गर्दैछन्। कथा पनि उनले नै लेखेका हुन्। कागजपत्रमा नाजिर हुसेन, भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, आर्जेस रेग्मी, निरज सिंह विष्ट, लोकेन्द्र लेखक, लक्ष्मी बर्देवा, जीवन भट्टराई, उज्वल शर्मा, भरत सापकोटा लगायत कलाकारको अभिनय रहेको छ।



खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको संयुक्त लगानीमा बन्ने फिल्म फिल्मलाई क्याजमेर डिक्सनले खिच्ने फिल्ममा संगीत सापकोटाको संगीत रहनेछ। उनको यो डेब्यु फिल्म हुनेछ। फिल्ममा अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्दैछन्। 













@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell