PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

गगन थापामाथि बम प्रहारपछि कुन नेताले के भने ?



पहिलोपोस्ट

गगन थापामाथि बम प्रहारपछि कुन नेताले के भने ?

काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधिसभाका नेपाली कांग्रेसका उम्मेदवार गगन थापामाथि बम प्रहार भएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भएको छ।

एमाले नेता प्रदीप ज्ञवालीले माइक्रोब्लगिङ साइट ट्विटरमा लेखेका छन्, ‘ गगन थापालगायत उमेदवारहरूलाई लक्षित गरेर भइरहेका बम विस्फोट र आक्रमणको निन्दा गर्दछु।’

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले ट्विटरमा गगन थापा अस्पतालमा रहेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘कांग्रेस नेता/काठमाडौं -४का उम्मेद्वार गगन थापालाई लक्षित गरी गराइएको बम विस्फोटको घोर निन्दा र भर्त्सना गर्दछौं। लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनलाई बिथोल्ने हर्कत कहिँकतै सैह्य हुँदैन।यस्ता गतिविधि तत्काल रोक्न र दोषीलाई कारवाही गर्न मागगर्दै थापाको स्वास्थ्य लाभको कामना गर्दछौं।’

त्यसैगरी विवेकशील साझा पार्टीका संयोजक उज्वल थापाले लेखेका छन्, ‘यस्ता बम हान्ने र हनाउनेलाई सिधै जेलमा राखी हाल्नुपर्छ। गगन थापा र अन्य घाईतेको शिघ्र स्वास्थ लाभको कामना गर्दछु।’

चपलीमा चुनावी घरदैलोमा रहेका बेला थापालाई लक्षित गरी बम विस्फोट गराइएको थियो। विस्फोटमा परी उनको कान र ढाडमा चोट लागेको छ। घटना लगत्तै थापालाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थापा घर फर्केका छन्।
विस्फोटमा परी घाइते भएका ११ मध्ये दुई जनाको अवस्था भने गम्भीर छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell