PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बलिउड अभिनेता शशी कपुरको निधन



पहिलोपोस्ट

बलिउड अभिनेता शशी कपुरको निधन
फोटो Firstpost Hindi

बलिउड अभिनेता शशी कपुरको ७९ वर्षको उमेरमा निधन भएको छ। अभिनेता कपुर केही वर्षदेखि विरामीका कारण थलिएका थिए। उनले आफ्नो जीवनकालमा १ सय ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।

उनी अभिनित कन्यादान, जब जब फूल खिले, चोर मचाए शोर लगायतका फिल्म सुपर हिट छन्। कपुरले तीन पटक नेशनल अवार्ड समेत जितेका थिए।

दीवार फिल्ममा अमिताभ बच्चनले आफूसँग धन सम्पति सबथोक छ, तिमीसँग के छ भनेर सोध्दा उनले जवाफ दिएको ‘मेरे पास माँ है’ डाइलग चर्चित छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell