PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

यमनी पूर्व राष्ट्रपति सालेह मारिएको दाबी



पहिलोपोस्ट

यमनी पूर्व राष्ट्रपति सालेह मारिएको दाबी
फोटो श्रोतः cnn.com

यमन :  यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह मारिएको यमनी हुथी  समूहका उच्च अधिकारीले पुष्टि गरेका छन्। 

सालेह, उनका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जना सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएका यमनी विद्रोहीको नियन्त्रणमा रहेको गृह मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले उक्तस्थानको भिडियोमा सालेहको मृत शरीर कैद भएको दृष्य देखिएको बताइएको छ। 

“मिलिसियाका कारण सिर्जना भएको सङ्कट र मिलिसियालाई नेतृत्व दिँदै आएका पूर्व राष्ट्रपति सालेह, उनका उच्च अधिकारीसमेत मारिएका छन्, ” अल मासिराहा टेलिभिजनमा सालेहका समर्थकलाई उद्धृत गरी जनाइएको छ। 

पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुथी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए। सालेहले हुथी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन वर्ष संयुक्त रूपमा शासन सम्हालेका थिए। 

यमनी सामाजिक सञ्जालमा सालेहको मृत शरीरको भिडियोसहितका सामग्री छ्यापछ्याप्ती आउन थालेपछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी सालेहको मृत्युको समाचार सार्वजनिक गरेको थियो । 

यमनमा तीन दशकभन्दा बढी शासन सम्हालेका ७५ वर्षीय सालेह सन् २०१२ को राजनीतिक जनआन्दोलनका बलमा पदच्युत भएका थिए। रासस/सिन्हवा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell