PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

चुनावपछि कांग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा गर्छः प्रधानमन्त्री



पहिलोपोस्ट

चुनावपछि कांग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा गर्छः प्रधानमन्त्री

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा लोकतन्त्र, राजनीतिक स्थायित्व र सम्वृद्धिका लागि आफ्नो पार्टीको पक्षमा मददान गर्न अपिल गरेका छन्। 

‘संविधान अन्तरगत कम्तीमा दुई वर्ष सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन र त्यो प्रस्ताव तुहिएको एक वर्षसम्म फेरि अर्को प्रस्ताव ल्याउन मिल्दैन। त्यसैले, चुनावपछि नेपाली कांग्रेसले नै स्थिर सरकार बनाई लोकतन्त्रको रक्षा र देशको विकास गर्ने निश्चित छ’–प्रधानमन्त्री देउवाद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ। 

देउवाले यही मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम चरणको चुनावले मुलुकमा लामो समयदेखि व्याप्त अन्योल, अस्थिरता र संक्रमणको अन्त्य हुने विश्वास समेत व्यक्त गरेका छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell