PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बेलायत युरोपियन युनियनबाट बर्हिगमनका लागि भएको सम्झौता वार्ता 'सहमति नजिक’



पहिलोपोस्ट

बेलायत युरोपियन युनियनबाट बर्हिगमनका लागि भएको सम्झौता वार्ता 'सहमति नजिक’

ब्रसेल्स: युरोपियन युनियन (इयु) र बेलायतबीच बेलायतको इयुबाट बर्हिगमनका लागि सम्बद्ध पक्षबीच भएको सम्झौतावार्ता सहमति नजिक पुगेको इयु प्रमुख डोनाल्ड टस्कले बताएका छन्।

बेलायतको बर्हिगमनका लागि भएको वार्ता यस पहिलेको तुलनामा सहमतिको निकै नजिक पुगेको टस्कले बताए। सम्झौताका लागि निकै जटिल बिषयका रूपमा देखिएको आइरल्याण्डका बिषयमा पनि सहमतिको सम्भावना बढेर गएको छ, प्रमुख टस्कले बताए।

उनले भने, “मैले ब्रेक्जिटका बिषयमा आएरल्याण्डका प्रधानमन्त्री लियो वारदकरसँग गरेको टेलिफोन वार्ता निकै सकारात्मक पाएको छु। यसबाट म निकै उत्साहित बनेको छु।”

यही डिसेम्बरमा इयु सम्मेलनमा प्रक्रियाका लागि थप छलफल हुने बताउँदै आएरल्याण्डका प्रधानमन्त्रीसँगको फोनवार्ता निकै सकारात्मक पाएको टस्कले बताए। टस्कले इयू नेताहरूले खुला व्यापार वार्ताका लागि सहमति जनाउने सङ्केत दिँदै पछिल्लो सन्देश ट्वीटमार्फत सार्वजनिक गरेका हुन्। रासस/एएफ्पी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell