
काठमाडौं : बंगलादेशमा आगामी डिसेम्वर १७ बाट शुरु हुने साफ यू-१५ वुमन्स च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा भएको छ। क्याम्पमा रहेका २४ खेलाडीबाट अखिल नेपाल पुटबल संघ (एन्फा) ले अन्तिम २० जनाको टोली घोषणा गरिएको हो।
दक्षिण एसियाका चार राष्ट्रले सहभागिता जनाउने उक्त च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित, नेपाल, भारत र भुटानले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्नेछ। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच डिसेम्वर २४ मा फाइनल खेल हुनेछ।
च्याम्पियनसिपका सबै खेलहरु ढाकास्थित वीरश्रेष्ठ सहि सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा हुनेछ।
नेपाली टोली
१. करिना धिमाल
२. बितिशा राजवंशी
३. पुष्पा गुरुङ
४. सरिश्मा थापा
५. मनमाया विक
६. सुष्मा राई
७. सुरक्षा सिंह
८. सरस्वती हमाल
९. प्रिति राई
१०. अश्मिता चौधरी
११. मुना मगर
१२. निकिता थोकर
१३. सविता रानामगर
१४. सुष्मा जिटी
१५. अन्जली चन्द
१६. अस्मिता रानपाल
१७. निकिता धिमाल
१८. सुप्रिया रजक
१९. रिया बानु
२०. अस्मिता गुरुङ
मुख्य प्रशिक्षक : गंगा गुरुङ
सहायक प्रशिक्षक : पारस चौधरी
गोलकिपर प्रशिक्षक : विनोद महर्जन