PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

विवेक प्रो मुँआ थाई वारियर कप च्याम्पियन



पहिलोपोस्ट

विवेक प्रो मुँआ थाई वारियर कप च्याम्पियन

काठमाडौं : नेपालका विवेक नकर्मी अमेरिकामा भएको प्रो मुँआ थाई वारियर कप च्याम्पियन भएका छन्।

अमेरिकाको फिलाडेल्फियामा भएको प्रो मुँआ थाई फाइटको फाइनलमा विवेकले अमेरिका जोसेफ विलियम्स लगनलाई नकआउट गर्दै वारियर कपको टाइटल बेल्ट उचालेको टिम कोच मुक्तिसग्राम विष्टले बताए। विलियम्सले १४ प्रोफेसनल फाइट खेलिसकेका छन्।

युएस मार्सल आर्ट एसोसिएसनको आयोजनामा भएको प्रो फाइट ३ राउन्डसम्म चलेको टिम प्रशिक्षक मुक्तिसंग्राम विष्टले बताए। प्रोफेसनल फाइट च्याम्पियन समेत रहेका मुक्ति टिम प्रशिक्षक, प्रशिक्षकमा थाई नागरिक तानाचोन र टिम व्यवस्थापकमा ब्रुक सी मिलर छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell