कैलाली : कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका साझा उम्मेदवार लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ।
भट्टको घरबाट तीनसय मिटर टाढा रहेको नालामा आज बिहान करिब ४ बजेतिर बम विष्फोट भएको इलाका प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ। बम विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।रासस