PahiloPost

May 14, 2024 | १ जेठ २०८१

रुपन्देहीमा निर्वाचन तयारी पूरा, ८ हजार सुरक्षाकर्मी परिचालन



चन्द्रकान्त खनाल

रुपन्देहीमा निर्वाचन तयारी पूरा, ८ हजार सुरक्षाकर्मी परिचालन

बुटवल :  प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्र रहेको रुपन्देहीमा चुनावी तयारी पूरा भएको छ।

मतदानका लागि सामग्री पठाउने, केन्द्रमा खटाउने कर्मचारीको व्यवस्थापन तथा परिचयपत्र वितरणका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख  अध्योध्याप्रसाद भण्डारीले जानकारी दिए। 

उनका अनुसार जिल्लामा  ५ सय ९८  केन्द्रमा मतदान सामग्री पठाई सकिएको छ।जिल्लामा कुल ५ लाख २२ हजार ६ सय २ मतदाता मध्ये स्थानीय तह निर्वाचनपछि ६१ हजार नयाँ मतदाता  थपिएका हुन्। 

जिल्लाका २ सय ८ मतदानस्थल र  ५ सय ९८ मतदान केन्द्रमा ४ हजार ८ सय कर्मचारी  खटिएका  आयोगले जनाएको छ। 

रुपन्देही तराईको जिल्ला भएकाले सुरक्षा व्यवस्था मजबुत बनाईएको सहायक प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीले जानकारी दिए। 

निर्वाचनका लागि एक हजार  ६ सय ६६ नेपाल प्रहरी, एक हजार सशस्त्र प्रहरी, दुई हजार ३ सय ७८ म्यादी प्रहरी र ४ हजार नेपाली सेना परिचालन गरिएको छ।

रुपन्देहीमा  १० मिनेटभित्र सुरक्षा निकाय जुनसुकै स्थानमा पुग्न सक्ने गरी सुरक्षा व्यवस्था मिलाईएको रेग्मीले बताए। रुपन्देहीका दक्षिण भेग अतिसंवेदनशील भएकाले सुरक्षा कडा बनाईएको छ।मंगलबारदेखि सीमा नाका बन्द गरिएको छ भने जिल्लामा मदिरा बिक्रीबितरणमा रोक लगाईएको छ। 

 रुपन्देहीका कुन क्षेत्रमा कति मतदाता ?

क्षेत्र नम्बर एकमा ४५ मतदानस्थल, १ सय २७ मतदान केन्द्र, १ लाख १२ हजार १ सय ३० मतदाता छन्।

क्षेत्र नम्बर दुईमा २४ मतदानस्थल, १ सय १२ मतदात केन्द्र, १ लाख ५ हजार २ सय ६ मतदाता छन्।

क्षेत्र नम्बर तीनमा ४६ मतदानस्थल, १ सय २४ मतदान केन्द्र, १ लाख ९ हजार २ सय  ७८ मतदाता छन्।

क्षेत्र नम्बर चारमा ४८ मतदानस्थल, १ सय ११ मतदान केन्द,्र ८९ हजार  ८ सय ३५ मतदाता रहेका छन्।

क्षेत्र नम्बर पाँचमा ४५ मतदानस्थल, १ सय २४ मतदान केन्द्र, १ लाख ६ हजार १ सय ३५ मतदाता छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell