PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'बोके दाह्री'को व्यंग्यात्मक गीत 'सुनको सिक्री'



पहिलोपोस्ट

'बोके दाह्री'को व्यंग्यात्मक गीत  'सुनको सिक्री'

काठमाडौं: हास्य गायक श्रीकृष्ण लुईटेल (बोके दाह्री)को नयाँ गीत सार्वजनिक भएको छ। व्यंग्यात्मक गीत 'सुनको सिक्री' भिडियो सहित युट्युबमार्फत रिलिज गरेका हुन्। वैदेशीक रोजगारले निम्त्याएको बिचलनलाई गीतले व्यंग्य गर्छ।

गीतमा शब्द तथा संगीत पनि श्रीकृष्णकै रहेको छ। त्यस्तै स्वरमा उनलाई साथ दिएकी छिन् मनिषा पोखरेलले। गीतको भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन्। जसमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचा फिचरिङ रहेको छ। भिडियो उत्सव दहालले खिचेका हुन्।

लुईंटेलका ‘ए बाउ किन्देउन भटभटे’, ‘बाख्रा स्टाइल’, ‘डल्लेकी बैनी’, ‘ओ के छ त’, ‘नलगाउ छोटा छोटा कपडा’, ‘बाँके बर्दिया’ र ‘कलियुगको धर्म' लगायत दर्जनौँ गीत सार्वजनिक छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell