PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार



पहिलोपोस्ट

 सप्तरीमा उम्मेदवारमाथि छुरा प्रहार

लहान :  अज्ञात समूहले गएराति सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदी किनारमा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ। 

गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीकातर्फबाट सप्तरी क्षेत्र नम्बर ४(ख)का प्रदेशसभा उम्मेदवार मोहम्द सहमुद अलीमाथि छुरा प्रहार भएको हो। 

छुरा प्रहारबाट उम्मेदवार अलीको टाउको, हातमा चोट लागेको र स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

घरदैलो कार्यक्रमपछि मोटरसाइकलबाट घर फर्किने क्रममा पछाडिबाट दुईवटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोक्न लगाएर आफूमाथि छुरा प्रहार गरेको उम्मेदवार अलीले बताए। 

अलीका अनुसार आफूसँगै मोटरसाइकलमा पछाडि सवार आफ्ना सहयोगी केही पर भागेर गुहारगुहार माग्दै प्रहरीलाई खबर गरेपछि उनीहरू भागेका थिए।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell