PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

कैलालीमा सहायक मतदान अधिकृतको मृत्यु



पहिलोपोस्ट

धनगढी :  कैलालीको निर्वाचन क्षेत्र नम्बर चारको कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण निधन भएको छ। बाजुराका उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए। 

मतदान केन्द्र नजिकै रहेको मसुरिया बजारमा सामान किनमेल गर्ने क्रममा बेहोस भएका उपाध्यायको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पुर्याउने क्रममा बाटामै सोमबार राति निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढा मगरले जानकारी दिए।रासस 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell