PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

निर्वाचनको सबै तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन प्रमुख आयुक्तको आग्रह



पहिलोपोस्ट

निर्वाचनको सबै तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन प्रमुख आयुक्तको आग्रह

काठमाडौं :  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले निर्धक्कभएर मतदानमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा प्रमुख आयुक्त यादवले सुरक्षाको बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन्।

उनले भने,‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आममतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु।’

यादवले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार लक्षित घटाईएका घटनाहरुप्रति खेद व्यक्त गरेयादवले निर्वाचनमा जनताको उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएकोसमेत बताए। 

उनले भने,‘निर्वाचनको तयारीका क्रममा व्यापक जनसहभागिता देखिएको छ, आममतदातामा उत्साह छाएको छ, यो निर्वाचनलाई हामीले त पर्वको रुपमालिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न म यही मञ्चबाट आह्वान गर्दछु।’ 

यादवले निर्वाचनको व्यवस्थापकीय कामसमेत आयोगले पूरा गरिसकेको जानकारी दिए। 

उनले भने,‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्यव्यवस्थापकीयकाम सम्पन्न भैसकेको छ, आयोग अहिले २४ सै घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए सबै समस्याहरु समाधान गर्नका लागि हामी तयारी अवस्थामा बसेका छौं।’ 

मतदान सकिएलगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनका लागि समेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell