PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

फिल्म पुन: प्रदर्शनको ट्रेन्ड, हलमा छन् कुन कुन फिल्म?



पहिलोपोस्ट

फिल्म पुन: प्रदर्शनको ट्रेन्ड, हलमा छन् कुन कुन फिल्म?

काठमाडौं: मल्टिप्लेक्स टार्गेट गरेर कुनै पनि नेपाली फिल्म सार्वजनिक नभएपछि हलबाट उत्रिएका केही फिल्महरु पुन: रिलिज हुन थालेका छन्। 

गत साता फिल्महरु 'फिक्का' र 'कन्फ्युज' सार्वजनिक भएपनि सिंगल स्क्रिन केन्द्रित दुबै फिल्मलाई दर्शकले साथ दिएनन्। त्यसैले फिल्म पुन: रिलिजको मौका पाएका छन् केही समय अघि सार्वजनिक फिल्महरुले। यति खेर सिंगल स्क्रिन एवं मल्टिप्लेक्समा छक्कापञ्जा २, दुई रुपैयाँ, फाटेको जुत्ता, प्रेमगित २, ए मेरो हजुर २, म यस्तो गीत गाउँछु, किंग, मेला लगायत फिल्म प्रदर्शनमा छन्।

हलमा बलिउड फिल्म 'तेरा इन्तजार' र रि रिलिज भएका नेपाली फिल्मले दर्शक पाएका भने छैनन्। बरु हलिउड फिल्म थोर ३, जस्टिस लिग लगायतले हल सञ्चालकलाई केही राहत दिएका छन्। अब मंसिर २२ गते फिल्म 'दिपज्योती' प्रदर्शनमा आउँदैछ। त्यसपछिको साता अर्थात मंसिर २९ गते 'माई लभ' र 'सुपर गोर्खे' एक साथ पर्दामा उत्रदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell