PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

कतार एअरवेज ओपन गल्फ शुक्रबार र शनिबार



पहिलोपोस्ट

कतार एअरवेज ओपन गल्फ शुक्रबार र शनिबार

काठमाडौं : सातौँ संस्करणको कता एअरवेज ओपन गल्फ टुर्नामेन्ट आगामी शुक्रबार र शनिबार हुने भएको छ। कतार एअरवेजको प्रायोजनमा गोकर्ण गल्फ क्लबमा एम्योचोर गल्फ टुर्नामेन्ट हुने आयोजकले मंगलबार जानकारी गराएको हो।

यसपटक करिब ९० गल्फरले भाग लिने गोकर्ण क्लब क्लबका सिनियर डिरेक्टर दीपक आचार्यले जानकारी दिए। शुक्रबार लेडिज र जुनियरतर्फ प्रतिस्पर्धा हुनेछ भने शनिबार मुख्य क्याटेगोरीको प्रतिस्पर्धा हुनेछ।

५० भन्दा बढी गल्फरले नाम रजिस्टर गरिकसको र ८० प्रतिशत मुख्य इभेन्टमा तथा बाँकी २० प्रतिशत लेडिज र जुनियरतर्फको खेलाडी हुने आचार्यले बताए।

टुर्नामेन्टको विजेताले कतार एअरवेज उड्ने मध्ये विश्वका एक स्थानको एअर टिकेट पाउनेछन् भने अन्य विधाका विजेताले ट्रफी र गल्फ सामाग्री पाउनेछन्।

कतार एअरवेजका कन्ट्री डम्यानेजर जे पी नायरले लगातार सात वर्ष गल्फ टुर्नामेनज्ट गर्न पाउँदा उत्साहित भएको र अर्को वर्ष देखि प्रोफेसनल टुर्नामेन्ट गर्ने तयारीमा रहेको जानकारी दिए। 'हामी अर्को वर्ष देखि नेपालमा प्रो गल्फ गर्न चाहन्छौँ। विश्वभरका प्रो गल्फरहरु ल्याएर नेपालमा स्पोर्ट्स टुरिजको विकास गर्न चाहन्छौँ।' नायरले आगामी योजना सुनाए। 'नेपालमा गल्फको पोटेन्सियल छ। यहाँको हावापानी गल्फ खेलको लागि सुहाउँदो छ जुन विश्वका अन्य स्थानमा छैन।'

उनले प्रो टुर्नामेन्ट गर्नेबार आफूहरु पूर्ण रुपमा तयार रहेको बताउँदे नियमित रुपमा प्रो टुर्नामेन्ट गर्न चाहेको प्रतिक्रिया दिए।

यस्तै नायरले विश्वका बेस्ट फुटबलरलाई नेपालमा ल्याएर स्ट्रीट चिल्ड्रेन फुटबललाई सहयोग गर्न समेत कतार एअरवेज तयार रहेको बताए।

यसअघि कतार एअरवेजले नेपालका नम्वर वान महिला गल्फर प्रतिमा शेर्पा अमेरिका जाँदा एअरफेयर स्पोन्सर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell