PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

बाँकेमा निर्वाचनको तयारी पूरा, आज र भोलि मतदाता परिचयपत्र वितरण



पहिलोपोस्ट

बाँकेमा निर्वाचनको तयारी पूरा, आज र भोलि मतदाता परिचयपत्र वितरण

  • राकेश कुमार मिश्र
नेपालगञ्ज :  बाँकेमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सबै तयारी पूरा भएको छ। सोमबार निर्वाचन सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारीले मतदान केन्द्रको सुरक्षा, सर्वदलीय बैठक गर्नेलगायतका काम गरेका बाँकेका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए।

मतदान केन्द्रबाट आजदेखि मतदाता परिचयपत्र वितरण भइरहेको छ। निर्वाचनका लागि बाँकेमा १३६ मतदानस्थल र ३२७ मतदान केन्द्र तोकिएका छन्।

कार्यालयका अनुसार बाँकेमा ३० हजार पाँच सय नयाँ मतदातालाई परिचयपत्र वितरण गरिनेछ। जिल्लामा २ लाख ७६ हजार ७१८ जना मतदाता छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell