PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

जापानको राष्ट्रिय फूल ‘साकुरा’ रोप्न जापानी समूह नेपालमा



पहिलोपोस्ट

जापानको राष्ट्रिय फूल ‘साकुरा’ रोप्न जापानी समूह नेपालमा

काठमाडौँ :  नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल आएको छ।
 
साकुरालाई शान्तिको प्रतीक मानिन्छ। विश्वमा शान्ति, भातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ सहरमा साकुरा रोप्दै आएका छन्।

नेपालमा यसवर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको छ। 

साकुरा रोप्न आएको चेरी ब्लुस्म एशोसिएसनका अधिकांश व्यक्ति ६० वर्षभन्दा बढी उमेरका छन्। नेपालका गाउँगाउँमा साकुरा रोपेर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहनाले बाह्र जना वृद्धको समूह नेपाल आएको हो। 

पुष्परोपण सुरुवात गर्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्यले रोपिएको बताए। कृषि विकास मन्त्रालयका सहसचिव हेमलाल अर्यालले साकुरा चुरे क्षेत्रमा पनि रोप्ने तयारी भइरहेको जानकारी दिए। 

काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन जापानीको अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell