
काठमाडौँ : भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान सुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले साताको ६ दिन कुवेत–काठमाडौँ सिधा उडान सुरु गर्न लागेको हो।
विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
काठमाडौं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ।रासस