PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'दिलदार' निर्माता थिए रोमान्टिक अभिनेता शशी कपूर



पहिलोपोस्ट

'दिलदार' निर्माता थिए रोमान्टिक अभिनेता शशी कपूर

शशी कपूर बिहानको ८ बजेदेखि रातीको २ बजेसम्म फरक फरक फिल्मको सुटिङका लागि फरक फरक स्पोटमा पुग्थे। जसरी ट्याक्सी एउटा स्टेशनमा यात्रु छोडेर अर्को स्टेशन पुग्छ। त्यसैले शशीका दाइ राज कपूरले उनलाई 'ट्याक्सी एक्टर' भन्थे।

उनले दु:ख गरेर कमाएको पैसालाई भने व्यक्तिगत सुख, सुविधाका लागि भने प्रयोग गरेनन्। शशी कपूरले श्याम बेनेगल, गोविन्द निहलानी, गिरिश कर्नाडजस्ता निर्देशकसँग मिलेर सामाजिक सरोकारका फिल्म बनाए।

सिमित बजेटमा फिल्म निर्माण हुने त्यो समयमा दिल खोलेर लगानी गर्ने निर्माताको रुपमा स्थपित भए शशी कपूर। उनले अर्पणा सेन निर्देशित फिल्म '३६ चौरंगी लेन'का लागि ४० लाख खर्च गरेका थिए। जुन फिल्मको बजेट २० लाख मात्र टार्गेट गरिएको थियो। सन् १९८१ मा बनेको उक्त फिल्म अस्करको लागि मनोनित समेत भयो। फिल्म टेक्निकल ग्राउण्डमा कमजोर रहेको भन्दै पुरस्कृत नगरिएको बीबीसी हिन्दीले जनाएको छ।

उनले 'जुनून', 'कलियुग', 'विजेता', 'उत्सव' जस्ता अन्य फिल्महरु पनि निर्माण गरेका छन्। तर फिल्म निर्माताभन्दा अघि शशी कपूरलाई पृथ्वी थिएटरका संस्थापकका रुपमा चिनिन्छन्। बलिउड फिल्म निर्माणले लगानीमा बिकाससँगै फड्को मारेपछि बिस्थापित हुँदै गएको रङ्गमञ्चमा भने उनले अविष्मरणीय योगदान पुर्यािए।

उनको पहलमा जुहुमा पृथ्वी थिएटर स्थापना भएको थियो। सेन्ट्रलाइज्ड तथा साउन्ड प्रुफ पृथ्वी थिएटरमा आजसम्म पनि नियमित नाटक मञ्चन हुन्छ। पृथ्वी थिएटरमा नाटकबाट हुने रकम संकलनको ६० प्रतिशत निर्मातालाई र ४० प्रतिशत थिएटरलाई विभाजन गरिन्छ।

शशी कपूरको जीवनको अर्को पाटो बारे बीबीसी हिन्दीले लेखेको छ,'उनी अभिनेताको रुपमा चर्चामा रहँदा जोनी वाकर, ब्ल्याक लेभल जस्ता आयातित रक्सी पिउथे। तर जब श्याम बेनेगल, गोविन्द निहलानी, गिरिश कर्नाड लगायतसँग काम गर्न थालेपछि भने उनले भारतमै बनेको भोड्का पिउन थाले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell