PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

यस्तो हुनेछ इपीएल खेल्ने टीयू ग्राउण्ड, थ्री डी भर्सनमा हेर्नुस् १० फोटो

यस्तो हुनेछ इपीएल खेल्ने टीयू ग्राउण्ड, थ्री डी भर्सनमा हेर्नुस् १० फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आयोजक इपीएल प्रालीले डिसेम्वर १८ देखि हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) को लागि आयोजनास्थन कीर्तिपुरको टीयू ग्राउण्डमा विभिन्न खालका सुविधाहरु उपलब्ध हुने जनाएको छ।

मंगलबार थ्री डि भर्सनमा टी ग्राउण्डको फोटो सार्वजनिक गर्दै आयोजक इपीएल प्रालीका अध्यक्ष आमिर अख्तरले दर्शकलाई टियू मैदानमै पूगेर खेल हेर्न लायक बनाउने बताए। उनका अनुसार पहिलो पटक टीयू ग्राउण्डमा प्लेअर्स डगआउट राख्ने, रन आउट र स्टम्पिङका लागि थर्ड एम्पार राख्ने, प्रत्यक्ष प्रशारणका लागि १६/९ फिटको एलइडि स्क्रिन राख्ने बताए।

यी सबै नेपालको डोमेस्टिक क्रिकेट टुर्नामेन्टमा पहिलो पटक प्रयोग हुन लागेको हो।

टुर्नामेन्ट रेगुलर नभएका कारण दर्शकहरु मैदानसम्म नगएका बताउँदै मैदानमै गएर खेल हेर्न कल्सर बसाउनका लागि दर्शका लागि सुविधा ल्याएको अख्तरले बताए।

यसैगरी इपीएलका लागि यू-१९ राष्ट्रिय टिमका कप्तान तथा पूर्व राष्ट्रिय कप्तान विनोद दासलाई चिफ अपरेटिङ अफिसर (सिओओ )नियुक्त गरिएको छ।

दासले इपीएललाई नेपालमा सबैभन्दा धेरै हेरिने क्रिकेट र खेल टुर्नामेन्ट बनाउन लागि परेको प्रतिक्रिया दिए।

प्रतियोगिता हेर्न दर्शहकले सय रुपैयाँ तिर्नुपर्ने तथा विद्यार्थी कार्ड हुनेलाई ५० प्रतिशत छुट हुने बयोजकले जनाएकव छ।

यसैगरी ग्राउण्ड पिच तयार पार्न भारतबाट डिसेम्वर ११ मा दुई क्युरेटर आउने र नेपाली क्युरेटरसँगै काम गर्ने आमिर अख्तरले जानकारी दिए।

यस्तो हुने टी यू ग्राउण्ड थ्री डी फोटोमा हेर्नुस्

 



ट्रेन्डिङ पोस्ट

Ncell