PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुने निश्चित



पहिलोपोस्ट

राहुल गान्धी भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुने निश्चित
फोटो श्रोतः indiatoday

नयाँदिल्ली :  भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ। 

उनको मात्र उम्मेदवारी परेपछि राहुल अध्यक्षमा निर्वाचित हुने निश्चित भएको हो। हाल सोनिया गान्धी भारतीय कांग्रेसको अध्यक्ष छिन्। सोनियाले १९ वर्षदेखि कांग्रेस पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छन्। 

स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लागेकी हुन्। अहिले राहुल गान्धी पार्टी उपाध्यक्ष छन्। 

आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो। 

सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ।  रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell