
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा इजिप्टका र इजरायलका आवासीय तथा पेरु र इन्डोनेशियाका गैरआवासीय राजदूतले ओहदाको प्रमाणपत्र पेश गरेका हुन्।
राजदूतहरुलाई लाजिम्पाटस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा राखेर लगिएको थियो।