PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रबल गुरुङ र प्रियंका चोपडाको क्रिसमस विशेष सेल्फी



पहिलोपोस्ट

प्रबल गुरुङ र प्रियंका चोपडाको क्रिसमस विशेष सेल्फी

क्रिसमसको महिना डिसेम्बर सुरु भैसकेको छ। यस्तोमा सेलिब्रेटीहरुको दैनिक अपडेट देख्दा लाग्छ घर डेकोरेसन र क्रिसमस पार्टी विशेष कार्यक्रमहरु आयोजना सुरु भयो।

बलिउड अभिनेत्री प्रियंका चोपडा यति बेला न्यूयोर्कमा छिन्। उनले यो वर्षको पहिलो पार्टी 'क्वान्टिको' को एक्टर यास्मिन अल मस्री र साथीहरुसँग मनाएको बारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी थिइन्।



यसै बिच उनले फेसन डिजाइनर प्रबल गुरुङसँग पनि भेट गरिन्। प्रबल गुरुङको अपार्टमेन्टमा क्रिसमस विशेष भेटघाट भएको हो। प्रबल गुरुङले आफू र प्रियंकाको क्रिसमस सेलिब्रेसन विशेष फोटो 'प्रियंका चोपडा र प्रबल गुरुङको क्रिसमस' भन्ने आशयसहित ट्विटरमा पोस्ट गरे।
 


प्रियंकाले पनि प्रबललाई धन्यवाद दिंदै फोटो सेयर गरिन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell