PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सामाजिक सञ्जालबाट चिट्ठा परेको भन्दै ठगी गर्ने ६ जना वीरगंजबाट पक्राउ



पहिलोपोस्ट

सामाजिक सञ्जालबाट चिट्ठा परेको भन्दै ठगी गर्ने ६ जना वीरगंजबाट पक्राउ

वीरगंज :  प्रहरीले समाजिक सञ्जालमार्फत ठगी गर्ने ६ जनालाई वीरगंजबाट पक्राउ गरेको छ।  प्रहरीले वीरगंज बसपार्कस्थित एक वित्तिय संस्थाबाट रकम झिक्दै गरेको बेला उनीहरुलाई पक्राउ गरेको हो।

समाजिक सञ्जाल भाइबर, फेसबुक ट्वीटरमा चिट्ठा परेको भन्दै ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहारका २४ वर्षीय ‘कुमार’ भनिने बिक्की पण्डित, वीरगंजका १८ वर्षीय शेष महमद आविद, २५ वर्षीय शेष महताब आलम, बाराको बारागढी गाउँपालिका–४ सुखिपथराका १९ वर्षीय महमद नासिर हुसेन, सर्लाहीका २० वर्षीय अशोक लामा र सर्लाहीकै २१ वर्षीय सुनिलकुमार तामाङ छन्।

उनीहरुले पीडितहरुलाई २५ लाख रुपैयाँको  चिट्ठा परेको भन्दै करको रकम पठाउन करिब २ लाख ८० हजार रुपियाँ ठगी गरेको प्रहरीमा उजुरी परेको थियो।

प्रहरीले उनीहरुको साथबाट २ लाख ८० हजार नगद, आइएमईबाट रकम झिक्न प्रयोग गरिएको नक्कली नागरिकता ४ थान, विभिन्न कम्पनीका मोबाईल सेट ७ थान, आईएमईको भौचर ११ थान, प्रभु रेमिटको भौचर ४ थानलगायतका सामग्री बरामद गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell