PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

चीनबाट फेरि भित्रियो सुन, ३ किलोसहित एक चिनियाँ विमानस्थलमै समातिए



पहिलोपोस्ट

चीनबाट फेरि भित्रियो सुन, ३ किलोसहित एक चिनियाँ विमानस्थलमै समातिए
प्रतीकात्मक फोटो

काठमाडौँ : तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

उनको साथबाट चार थान सुनको साधारण बाला र दुई थान बिस्कुट आकारको सुन गरी  तीन किलो सुन प्रहरीले बरामद गरेको छ।
    
बरामद सुन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त चिनियाँ नागरिकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा थुनामा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell